Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्दै

सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्दै


  • 10.2K
    Shares

    सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्दै
    images

    काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । यो फिल्ममा नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको लगानी रहनेछ । परशुराम नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिवसमेत हुन् ।

    फिल्म ‘राजा’मा एक्सनलाई प्राथमिकता दिइने निर्देशक सुदर्शनले बताए । फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

    फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । माघको दोश्रो साताबाट यो फिल्मको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

    सुदर्शनले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ । सुदर्शनले फिल्म ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १२:२६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij