Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने


  • 4.7K
    Shares

    ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने
    images

    ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ ।

    निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए । घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । 

    जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धोका नदिएको र बरु मिलेन जान अग्रह गरेको बताए । अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको बिषयमा समेत राईले आफुलाई आधिकारीक जानकारी नभएको बताए ।

    ‘मैले कि एडभर्टाइजिङ एजेन्सी मार्फत केही कुरा सुनेको छु’ राईले भने ‘कस्तो कार्यक्रम र कहिलेदेखि केही थाहा छैन ।’ ‘मुन्द्रेको कमेडी क्लब’ को समय कि एडभर्टाइजिङले अगामी असारसम्म लिएको भएकोले उसले केही न केही कार्यक्रम गर्न सक्ने राइले सुनाए । 

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १३:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij