२०८२ भाद्र १८ गते बुधवार
सिक्किम । होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनलाई अभिनेत्री अदिती बुढाथोकी भारतको पूर्वोत्तर राज्य सिक्किम पुगेकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्मको ६० प्रतिशत छायांकन सिक्किममै हुने जनाइएको छ ।
फेसबुक र इन्स्टाग्राममा तस्बिर सेयर गर्दै अदितीले सिक्किममा फिल्म छायांकन सुरु हुन लागेको बताएकी छिन् । सिक्किम सरकारले आफू कहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान उपलब्ध हुने घोषणा गरिसकेको छ ।
यसका लागि फिल्मको ७५ प्रतिशत छायांकन सिक्किममै हुनुपर्ने र ६० प्रतिशत कास्ट एन्ड क्रिउ त्यहीँबाटै लिनुपर्ने सर्त छ । तर, बाबरी फिल्मले उक्त अनुदान लिने वा नलिने केही खुलाइएको छैन ।
निर्देशक पौडेल र अभिनेत्री बुढाथोकीले फिल्म कृमा सहकार्य गरेका थिए । बाबरीमा चाहिँ अदितीको को–स्टारको रुपमा धीरज मगर, धीरज टोटलानी, तृप्ती नाड्कर पनि हुनेछन् । यो फिल्मको प्रदर्शन मिति भने तय भैसकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij