Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

'सूर्यवंशी' चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन

'सूर्यवंशी' चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन


  • 6.3K
    Shares

    'सूर्यवंशी' चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन
    images

    काठमाडौँ । अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी'ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो ।

    'फास्ट एन्ड फ्युरियस–९' लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन । निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का गर्न सकिरहेका थिएनन् । तर, बलिउड फिल्म 'सूर्यवंशी'ले हलमा दर्शकको भीड जम्मा गरेपछि नेपाली फिल्मकर्मीमा उत्साह थपिएको छ ।

    हालै निर्माता अर्जुन कुमारले फिल्म 'चपली हाइट–३'को नयाँ मिति तोकेका छन् । उनको टिमले फिल्मलाई पुस २ मा प्रदर्शन गर्ने भएका छन् । कोरोना महामारीकै कारण ४ दर्जन बढी फिल्मको प्रदर्शन रोकियो । कति फिल्मले प्रचारप्रसारको काम सकिँदा पनि प्रदर्शनको मौका पाएनन् । निर्देशक सुदर्शन थापाको फिल्म 'म यस्तो गीत गाउँछु–२' पनि महामारीकै कारण पछाडि सारिएको थियो । अब भने सुदर्शनले माघ १९ गते फिल्मलाई प्रदर्शन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

    'कुनै एक चलचित्र मात्र नभई पूरा नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उदेश्यका साथ नेपाली चलचित्र 'म यस्तो गीत गाउँछु–२' यही वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं । सधैंझै सम्पूर्ण चलचित्रकर्मी, पत्रकार साथी र दर्शक महानुभावबाट साथ र सहयोगको अपेक्षा गर्दछौं,'सुदर्शनले फेसबुकमा लेखेका छन् ।

    यसअघि 'लप्पन छप्पन–२' फागुन १३, 'ए मेरो हजुर–४' चैत २५ र 'चिसो मान्छे'ले वैशाख २० लाई प्रदर्शनको मिति तोकेका थिए ।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १४:३०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij