Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

‘कबड्डी ४’ को छायांकन ५० प्रतिशत पुरा, मुस्ताङको विभिन्न स्थानमा छायांकन

‘कबड्डी ४’ को छायांकन ५० प्रतिशत पुरा, मुस्ताङको विभिन्न स्थानमा छायांकन


  • 6.5K
    Shares

    ‘कबड्डी ४’ को छायांकन ५० प्रतिशत  पुरा, मुस्ताङको विभिन्न स्थानमा छायांकन

    काठमाडौं। फिल्म ‘कबड्डी’को चौथो संस्करण ‘कबड्डी ४ः द फाइनल म्याच’को छायांकन ५० प्रतिशत पुरा भएको छ । फिल्म मुस्ताङको विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

    निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको बाँकी छायांकन आगामी १५ दिनमा पुरा हुनेछ । निर्माण टिमले छायांकन स्थलबाट केही तस्वीर सार्वजनिक गरेको छ । तस्वीरमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ र विजय बराललाई देख्न सकिन्छ ।

    रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको अभिनय छ ।

    बासुरी फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा, पटकथा र संवाद, मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियारको निर्माण, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १४:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij