Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अभिनेता प्रदीप खड्काको ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने

अभिनेता प्रदीप खड्काको ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने


  • 10.3K
    Shares

    अभिनेता प्रदीप खड्काको  ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने
    images

    काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने भएको छ ।

    निर्देशक दिनेश राउतले फिल्मको रिलिज अर्काे वर्षमात्र गर्ने बताए । ‘‘प्रकाश’ यो बर्ष रिलिज गर्दैनौ । अर्काे वर्षमात्र रिलिज हुन्छ’ निर्देशक राउतले भने ‘अर्काे बर्ष कुन समय गर्ने भन्ने बिषयमा छलफल हुँदैछ ।’ अर्काे बर्षको बैशाखमा पनि रिलिज हुन सक्ने उनले सुनाए ।

    फिल्ममा प्रदीपको अलवा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसीलगायतका कलाकारको अभिनय छ । इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् । राजेश श्रेष्ठको छायाँंकन, विकास सुवेदीको कथा रहेको फिल्ममा एलिस कार्की र दीपक शर्माको संगीत छ ।

    सरकारी स्कुलको शिक्षक बन्नका लागि एक युवाले गर्ने संघर्षको कथा बिषय बस्तु बनाएको  फिल्म युनिट छायाँंकन सकेर काठमाडौं फर्किएको छ । फिल्मको छायाँकन जुम्लामा गरिएको हो ।

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १०:५४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij