Logo

२०७८ मंसिर १२ गते आइतवार

images

मरिचमान ‘जुठे’ र सरिता ‘जुनकिरी’को अभिनयमा ‘मुसी’ सार्वजनिक

मरिचमान ‘जुठे’ र सरिता ‘जुनकिरी’को अभिनयमा ‘मुसी’ सार्वजनिक

खबर सेन्टर

२३ कार्तिक २०७८
  • 967
    SHARES
  • images
    images
    मरिचमान ‘जुठे’ र सरिता ‘जुनकिरी’को अभिनयमा ‘मुसी’ सार्वजनिक
    images
    images
    images

    मरिचमान श्रेष्ठ र सरिता ढुंगानाले अभिनय गरेको ‘मुसी’ बोलको गीत सार्वजनिक भएको छ । टेलिसिरियल ‘जुठे’मा ‘जुठे’ र ‘जुनकिरी’को भूमिकामा देखिँदै आएका मरिचमान र सरिता म्युजिक भिडियोमा पहिलोपटक एकसाथ देखिएका हुन् ।

    images
    images
    images

    यो गीतमा प्रितम पोखरेल र सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ । प्रितमकै शब्द, संगीत रहेको गीतलाई सुनिल परियारले एरेञ्ज गरेका हुन् । सर्जक एवं गायक प्रितमले मौलिक धारमा रहेर गीत तयार पारेका छन् ।

    दीपेन्द्र तिमल्सिनाको कथा एवं निर्देशनमा बनेको गीतको भिडियो करन चैसिरले खिचेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

    गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाउँदै गएको छ । आइतबार साँझ सार्वजनिक गीतको भिडियोले मंगलबार दिउँसोसम्म ३ लाख ५० हजार बढी भ्युज पाएको छ । 

    हेरौ गितको पुरा म्युजिक भिडियो :

    images
    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १४:३५:०७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार