Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु

काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु


  • 4.0K
    Shares

    काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु
    images

    अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

    काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

    अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस-के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

    आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा.शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए । १५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १३:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij