Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

कोरियामा आज बाट क्वारेन्टाइन सम्बन्धि नयाँ नियम, अब कति दिन बस्नुपर्ने ?

कोरियामा आज बाट क्वारेन्टाइन सम्बन्धि नयाँ नियम, अब कति दिन बस्नुपर्ने ?


  • 6.4K
    Shares

    कोरियामा आज बाट क्वारेन्टाइन सम्बन्धि नयाँ नियम, अब कति दिन बस्नुपर्ने ?

    आज नोभेम्बर १ तारिख देखी दक्षिण कोरियामा क्वारेन्टाइन सम्बन्धी नयाँ नियम लागु हुने भएको छ। दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयबाट परिमार्जित गरिएको क्वारेन्टाईन सम्बन्धी नियम आज बाट देशैभरी लागु हुने भएको हो।

    क्वारेन्टाइन बस्नको लागी यस अगाडि १४ दिन बस्नुपर्नेमा अब आज देखि १० दिन मात्रै क्वारेन्टाइन बसे हुने भएको क्वारेन्टाइन ब्यबस्थापन बिभागले क्वारेन्टाइन बसिरहेकाहरुलाई उनिहरुको मोवाईलमा सुचना सर्कुलर गरिरहेका छन ।

    सुरुमा पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आउनुपर्ने र अन्तिम १० दिनमा पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको खण्डमा १० दिन मात्रै क्वारेन्टाइन बसे हुने भएको छ ।

    कोरियामा कोरोना भ्याक्सिन खोपको डोज पूरा गरेका तथा कोरियाले मान्यता दिएका जुनसुकै खोपको डोज पूरा गरेकाहरुलाई भने क्वारेन्टाइन बस्न नपर्ने नियम कायमै रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १३:४९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij