Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

किन खिचाए दुई सय मोडलले सामुहिक नग्‍न तस्बिर ?

किन खिचाए दुई सय मोडलले सामुहिक नग्‍न तस्बिर ?


  • 7.5K
    Shares

    किन खिचाए दुई सय मोडलले सामुहिक नग्‍न तस्बिर ?
    images

    जेरुसेलम । इजरायलमा करिब दुई सयभन्दा बढी मोडलले नग्न तस्बिर खिचाएका (फोटो सुट) छन् । अमेरिकी फोटोग्राफरले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

    आइतबार इजरायलको दक्षिणी भेगमा पर्ने मृतसागर नजिकैको एक मरुभूमिमा करिब दुई सय महिला र पुरुष मोडलले सामूहिकरुपमा न’ग्न तस्बिर खिचाएका हुन् ।

    संसारका चर्चित अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले आफ्नो फोटोग्राफी परियोजना अन्तर्गत सो तस्बिर खिचेका हुन् ।

    इजरायलको पर्यटन मन्त्रालयले गरेको निम्ताको क्रममा इजरायल पुगेका उनले मृत सागरलाई झल्काउन सामूहिकरुपमा दुई सयभन्दा बढीको नग्न तस्बिर खिचेको जेरुसेलम पोष्टसँग बताएका छन् ।

    न’ग्न तस्बिर खिचाउने क्रममा सयभन्दा बढी मोडलले सेतो रंग शरीरमा पोतेका थिए । फोटोसुटमा महिला र पुरुष गरि करिब दुई सय मोडल उपस्थित थिए । ट्युनिकले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

    ५४ वर्षीय फोटोग्राफरले संसारभर दर्जनौं नग्न तस्बिर खिचेका छन् । उनले १० वर्षअघि १ हजार मोडलको नग्न तस्बिर खिचेर चर्चा कमाएका थिए ।

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १९:०९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij