२०८२ कार्तिक १३ गते बिहिवार
एउटा शिक्षक भनेको आफ्ना विद्यार्थीको लागि आदर्श हो, गुरु हो र पथप्रदर्शक पनि हो । तर, सबै शिक्षक कहाँ त्यस्ता हुँदा रहेछन् र ? भारतको राजस्थानको झुँझुँनु जिल्लाबाट बुहानामा एक सरकारी स्कुलका हेडमास्टर सात कक्षामा पढ्ने एक बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
घटना भएको नवौ दिनमा त्यहाँको प्रहरीमा यो उजुरी परेको छ । प्रहरीले विद्यालयका हेडमास्टरलाई पक्राउ गरेको छ । उनका साथसाथै त्यही स्कुलका अन्य दुई शिक्षिका पनि पक्राउ परेका छन् । उनीहरुले ती विद्यार्थीलाई गाली गरेको र उनको मोबाइलबाट च्याट डिलिट गर्न लगाएको आरोप लागेको छ ।
१३ अक्टोबरमा ती विद्यार्थीले फोन गरेर आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । हेडमास्टर केदार यादव त्यसपछि पक्राउ परेका हुन् । प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij