२०८२ कार्तिक १३ गते बिहिवार
पाकिस्तानको पहिलो परमाणु हतियार बनाउन नेतृत्व गरेका वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । कोभिड१९को सङ्क्रमणका कारण अस्पताल भर्ना भएका ८५ वर्षीय वैज्ञानिक कादिर खानको आइतबार निधन भएको हो ।
इस्लाम मुलुकमै पहिलो परमाणु हतियार पाकिस्तानले बनाएको थियो । यी नै वैज्ञानिक कादिर खानको नेतृत्वमा सन् १९९८मा पाकिस्तानले परमाणु हतियारको सफल परीक्षण गरेको थियो ।
अगस्तमा कोभिड१९का कारण उनी अस्पताल भर्ना भएका थिए । त्यसपछि घर फर्केका उनी फेरि स्वास्थ्य अवस्था बिग्रेर अस्पताल भनाए भएका थिए ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत उनको निधनप्रति दुःखद व्यक्त गरेका छन् । सन् २००६ मा वैज्ञानिक कादिर खानको प्रोस्टेट क्यान्सरको उपचारका लागि शल्यक्रिया गरिएको थियो ।
कादिर खानलाई परमाणु बम बनाउने प्रविधि उत्तर कोरिया, लिबिया र इरानलगायतका देशलाई बेचेको भन्ने आरोप समेत लागेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij