Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त : १६ जनाको मृत्यु, ६ घाइते

रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त : १६ जनाको मृत्यु, ६ घाइते


  • 6.0K
    Shares

    रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त : १६ जनाको मृत्यु, ६ घाइते
    images

    काठमाडौ । रुसको तातारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान आइतवार दुर्घटनाग्रस्त हुँदा १६ जना मारिएको र सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । 

    विमानमा प्यारासुटबाट हाम्फाल्नेहरू सवार रहेको रुसको आकस्मिक मामिला मन्त्रालयले जानकारी दिएको छ । विमानको भग्नावशेषबाट सातजनालाई जिउँदै उद्धार गरिएको थियो । 

    विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो । रुसको उड्डयन सुरक्षाको मापदण्ड हालैका वर्षमा सुधार भएको छ तर दुर्गम क्षेत्रहरूमा पुराना विमान दुर्घटनाग्रस्त हुने गरेका छन् । 

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १४:०४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij