Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

इटालीमा निजी विमान एक भवनमा ठोकिँदा ८ जनाको मृत्यु

इटालीमा निजी विमान एक भवनमा ठोकिँदा ८ जनाको मृत्यु


  • 4.8K
    Shares

    इटालीमा निजी विमान एक भवनमा ठोकिँदा ८ जनाको मृत्यु

    इटालीको मिलान शहरमा निजी विमान एक भवनमा ठोकिँदा ८ जनाको मृत्यु भएको छ। मिलानको लिनेट विमानस्थलबाट उडेको विमान सरडिना टापुतर्फ जाँदै थियो।

    उक्त विमान रोमानियन बिलिनियर ड्यान पेट्रेस्कुले उडाइरहेका थिए। दुर्घटनामा ६८ वर्षीया ड्यानसँगै उनकी श्रीमती र छोराको समेत मृत्यु भएको बताइएको छ।

    विमान एक कार्यालयको खाली भवनमा ठोक्किएपछि आगलागी भएको थियो। पार्किङमा रहेका कयौं कारहरु नष्ट भएका थिए।दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ। केही प्रत्यक्षदर्शीले भवनमा ठोक्किनुअघि नै विमानमा आगो लागेको बताएका छन्।

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - १२:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij