२०८२ फाल्गुण २२ गते शुक्रवार
जापानमा बुधबार ६.१ म्याग्निच्युडको भूकम्प आएको छ। जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प आएको जापानको भूगर्भ विभागले जनाएको छ।
भूकम्पका कारण मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार दिउँसो २ बजेर २२ मिनेटमा भूकम्प आएको विभागले जानकारी दिएको छ। भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij