२०८२ कार्तिक १३ गते बिहिवार
भारतको महाराष्ट्रस्थित मराठवाला इलाकामा मुसलधारे वर्षा भएको छ। वर्षाका कारण आएको बाढी तथा चट्याङका कारण अहिलेसम्म १३ जनाको ज्यान गएको भास्कर अनलाइनले जनाएको छ।
त्यहाँका प्रहरीले उद्धार कार्य जारी राखेको बताइएको छ। ५६० बढी मानिसहरुलाई उद्धार गरिसकिएको छ। वर्षाका कारण कैयन घरहरु क्षतिग्रस्त भएका छन् भने पशुचौपाया बगाएका छन्।
भारतीय मौसम विज्ञान विभागले मराठवाडा, मुम्बई क्षेत्रमा २४ घण्टा वर्षा जारी रहने पूर्वानुमान गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij