Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

दिल्लीको एक अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

दिल्लीको एक अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु


  • 6.7K
    Shares

    दिल्लीको एक अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु
    images

    काठमाण्डौ । दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक ग्याङस्टार र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चल्दा ज्यान गुमाउने ग्याङस्टारको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ ।   

    आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका बीबीसीमा उल्लेख छ । दिल्ली प्रहरीले यस घटनाको पुष्टि गरेको छ । 

    ‘ग्याङस्टार (जितेन्द्र)लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आक्रमणकारीले उसमाथि गोली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १६:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij