२०८२ फाल्गुण २२ गते शुक्रवार
अमेरिकाको कोलोराडोमा पर्ने क्यान्टरबरी मोबाइल होम पार्कमा आइतबार एक बर्थडे पार्टीमा पुगेका युवकले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन्। मारिनेमा स्वयं आक्रमणकारी पनि छन्। अरूलाई मारिसकेपछि उनले आफैंले आफैंलाई गोली हानेका थिए।
मिडिया रिपोर्टका अनुसार बर्थडे पार्टी आक्रमणकारी व्यक्तिकी गर्लफ्रेन्डको घरमा चलिरहेको थियो। उनले हानेको गोलीबाट उनकी गर्लफ्रेन्डको पनि मृत्यु भएको छ।
जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुग्दा ६ जनाको शव लडिरहेको थियो। एक जना गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको हो। गोली किन चलाइयो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij