२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । लामो समयदेखि सार्वजनिक स्थलमा नदेखिएरै भए पनि गीतमा आवाज दिइरहेकी गायिका विष्णु माझीको अवस्थाबारे फेरि बहस सुरु भएको छ । माझीको स्वरमा रहेको ‘चरी जेलै’मा बोलको गीत एकाएक हिट भएसँगै उनको अवस्थाबारे चासो सुरु भएको हो ।
यतिबेला गायिका माझीको अवस्थाबारे उनका शुभचिन्तक, मिडियाकर्मीले निरन्तर चासो र चिन्ता व्यक्त गरिरहेका छन् । यससँगै उनको पछिल्लो अवस्थाबारे बहस सिर्जना भएको हो ।
बिददुई वर्षअघि पनि गायिका माझीको अवस्थाबारे निरन्तर चासो बढेपछि माझी र उनका श्रीमान् सुन्दरमणि अधिकारीले स्याङ्जा प्रशासनमा पुगेर आफूहरु ठीक रहेको भन्दै स्वतन्त्र तरिकाले काम गर्न दिन आग्रह गरेका थिए ।
हालै राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय, स्याङ्जालाई गायिका माझीको अवस्थाबारे सत्य–तथ्य पत्ता लगाउन पत्र पठाएको थियो । उक्त पत्र प्राप्त भएसँगै स्थानीय प्रशासनले माझीको अवस्थाबारे जानकारी लिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सम्बन्धित अधिकारीसहित प्रहरीले स्याङ्जाको चापाकोटमा रहेको माझीको माइतीघरमा पुगेर सोधपुछ गरेको छ । सोधबुझमा माझी लामो समयदेखि माइतीघरमा नआएको तथ्य पत्ता लागेको छ । स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले माइतीघरमा लामो समयदेखि नआएको जानकारी आफूले पाएको बताए । यसबाहेक अरु कुनै तथ्य फेला नपरेको उनको भनाइ छ ।
दुई वर्षअघि पनि गायिका माझीको अवस्थाबारे निरन्तर चासो बढेपछि माझी र उनका श्रीमान् सुन्दरमणि अधिकारीले स्याङ्जा प्रशासनमा पुगेर आफूहरु ठीक रहेको भन्दै स्वतन्त्र तरिकाले काम गर्न दिन आग्रह गरेका थिए ।
नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लगभग १२ वर्षदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् ।
उनको एउटाबाहेक अरु कुनै पनि तस्बिर प्राप्त भएको थिएन । माझी आफैंले पटक–पटक सँगै गीत गाएका कलाकारले समेत उनको अवस्थाबारे केही जानकारी पाउन सकेका छैनन् ।
सुन्दरमणिनिकट संगीतकर्मीहरुले समेत यस विषयमा कुनै तथ्य फेला पार्न सकेका छैनन् । एक स्रोतकाअनुसार माझी स्वंयम्भूमा एक फ्ल्याट भाडामा लिएर बसेका छन् । उनीहरुसँगै जुम्ल्याहा दुई छोरा पनि सँगै बस्दै आएका छन् ।
नेपाली संगीत उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने माझीले पछिल्ला पछिल्ला दिनहरुका प्रतिगीत दुई लाख लिने गरेकी छन् । अरु अधिकांश गायक–गायिकाको सरदर पारिश्रमिक २० देखि ३० हजार हाराहारी मात्रै छ ।
सबैभन्दा धेरै गीतमा आवाज दिएकी यी चर्चित गायिका कहिले सार्वजनिक हुन्छिन् त्यो अहिलेसम्म कसैले भन्न सकेको छैन । तर, उनका श्रीमान् सुन्दरमणिनिकट एक व्यक्तिले गायिका माझी छिट्टै सार्वजनिक हुने ठोकुवा गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij