२०८२ भाद्र १८ गते बुधवार
गायक राजु चौधरीको निधन भएको छ। रक्त क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको उनको उपचारमा खटिएका ‘द स्याडोज नेपाल’ का स्वप्नील शर्माले फेसबुकमार्फत जानकारी दिएका छन्।
राजु झापाको बिर्तामोडवासी हुन्। उनको शुक्रबार निधन भएको शर्माले जानकारी गराएका हुन्। राजुको उपचारका लागि आर्थिक सहायता संकलनका लागि उनले नेतृत्व लिएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हामीले युद्ध हार्यौं। राति राजुलाई एक्कासी सास फेर्न गाह्रो भयो। ब्लड प्रेसर ओरालो लाग्यो। भेन्टिलेटरमा राखियो। त्यसपछि उनले हामीलाई छोडेर गएको चिकित्सकहरूले बताए।’
राजुको नाममा अब कुनै पनि आर्थिक सहायता संकलन नगरिदिन शर्माले आग्रह गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij