Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आइतवार अन्तिम दिन

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आइतवार अन्तिम दिन


  • 5.0K
    Shares

    तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने  आइतवार अन्तिम दिन
    images

    काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालका स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयर आवेदन गर्ने अन्तिम दिन आगामी आइतवारसम्म रहेको छ ।

    कम्पनीले कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता शेयर भदौ २० गतेदेखि लिलामीमा ल्याएको हो । 

    आवेदकले सेञ्चुरी बैंकको प्रतिकित्ता रू १५०, मञ्जुश्री फाइनान्सको रू। ३५० र कामना सेवा विकास बैंकको रू २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

    ती तीन ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

    आगामी आइतवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र सोमवार दिनको ३:३० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १४:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij