२०८२ माघ २० गते मंगलवार
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन भएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणउपर अध्ययन सकाएर अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् ।
समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए । प्राप्त उम्मेदवारीउपर छानबिन सकाएर आयोगले अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा समानुपातिक उम्मेदवार रहेका छन् । सबै दलका गरेर कुल उम्मेदवारको संख्या तीन हजार १३५ कायम भएको छ ।
समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरूष उम्मेदवार रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij