Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

इन्डोनेसियाको जेलमा आगलागी : ४१ कैदीबन्दीको मृत्यु, ८ जना गम्भीर घाइते

इन्डोनेसियाको जेलमा आगलागी : ४१ कैदीबन्दीको मृत्यु, ८ जना गम्भीर घाइते


  • 18.1K
    Shares

    इन्डोनेसियाको जेलमा आगलागी : ४१ कैदीबन्दीको मृत्यु,  ८ जना गम्भीर घाइते
    images

    इन्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । राजधानी जकार्ताको बाहिर रहेको बान्तेन प्रान्तको ट्यांगरेंग जेलमा बुधबार बिहान १ बजेतिर आगो लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    त्यस्तै आगलागीमा ८ जना गम्भीर घाइते भएको रोयटर्सले जनाएको छ । जेलको ब्लक ‘सी’ मा कैदीबन्दीहरू सुतिरहेका बेला आगो लागेकाले ठूलो मानवीय क्षति भएको बताइएको छ ।

    उक्त ब्लकको क्षमता भए पनि १२२ जना कैदीबन्दी राखिएको बताइएको छ । उक्त ब्लकमा लागुऔषधसम्बन्धी कसुरका कैदीबन्दी रहेका थिए ।

    औद्योगिक क्षेत्रनजिकै रहेको उक्त जेलको क्षमता ६ सय भए पनि २ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - ११:२२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij