Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

लिंग नाप्ने प्रतियोगितामा आफ्नोभन्दा लामो भएपछि बञ्चरोले यसरी लिङ्ग नै काटिदिए !

लिंग नाप्ने प्रतियोगितामा आफ्नोभन्दा लामो भएपछि बञ्चरोले यसरी लिङ्ग नै काटिदिए !


  • 9.4K
    Shares

    लिंग नाप्ने प्रतियोगितामा आफ्नोभन्दा लामो भएपछि बञ्चरोले यसरी लिङ्ग नै काटिदिए !
    images

    रक्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झगडा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झगडाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिंगको लम्बाइको विषयमा यस्तो झगडा पर्यो कि एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिएका हुन् । इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन् ।

    रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर रक्सी पिउँदै थिए । नशाको तालमा यी दुई साथीहरुबीच लिंगको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय भयो । यस्तोमा ४७ वर्षका साथीको लिंगको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच झगडा सुरु भयो । झगडाका क्रममा ५२ वर्षका साथी यतिसम्म रिसाए कि उनले ४७ वर्षका साथीको लिंग बञ्चरोले काटिदिए ।

    जानकारी अनुसार यी दुईजना २ दिनदेखि लगातार रक्सी पिइरहेका थिए । घाइते व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ । बञ्चरोको चोटले उनको गुप्तांगमा ठूलो घाउ भएको छ । पुलिसले आरोपीलाई पक्राउ गरेको छ । आरोपीले रिसको झोंकमा पहिले साथीको टाउकोमा बञ्चरोले हानेको र त्यसपछि गुप्तांग काटिदिएको पुलिसले बताएको छ ।

    पीडितले चिच्याएको सुनेपछि छिमेकीले पुलिसलाई फोन गरेका थिए त्यसपछि पीडितलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको थियो । उनको टाउकोमा पनि गम्भीर चोट लागेको छ । आरोपी दोषी ठहरिएमा उनलाई रुसको कानुनअनुसार ८ वर्षसम्म जेल सजाय हुन सक्छ ।

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १६:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij