Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

शेयर बजार

मौद्रिक नीतिपछि थला परेको सेयर बजार सर्किट ब्रेकपछि फेरि खुल्यो

मौद्रिक नीतिपछि थला परेको सेयर बजार सर्किट ब्रेकपछि फेरि खुल्यो


  • 6.6K
    Shares

    मौद्रिक नीतिपछि थला परेको सेयर बजार सर्किट ब्रेकपछि फेरि खुल्यो
    images

    सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

    आइतबार एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द भएको थियो ।
    सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७.३१ अंकले घटिसकेको थियो । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।
    मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन्

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १४:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij