Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

शेयर बजार

मौद्रिक नीतिपछि थला परेको सेयर बजार सर्किट ब्रेकपछि फेरि खुल्यो

मौद्रिक नीतिपछि थला परेको सेयर बजार सर्किट ब्रेकपछि फेरि खुल्यो


  • 6.6K
    Shares

    मौद्रिक नीतिपछि थला परेको सेयर बजार सर्किट ब्रेकपछि फेरि खुल्यो

    सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

    आइतबार एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द भएको थियो ।
    सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७.३१ अंकले घटिसकेको थियो । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।
    मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन्

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १४:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij