२०८२ भाद्र १८ गते बुधवार
खाईनखाई पालेर हुर्काकी छोरीलाई
अर्कैले कजाउने जिन्दगी भरीलाई
यो मेरो पिलासे चोलीमा पोते छिन्यो सरर
यो मेरो माइतीघर सम्झँदा मनै धरर !
राजनीतिक, सामाजिक परिवर्तन र विश्वब्यापीकरणको प्रभावले नेपाली समाज पनि निकै अघि बढेसंगै जातीय, क्षेत्रीय र लिङ्गीय भेदभाव पनि घट्दै गएको छ । तरपनि यस्तो भेदभाव निर्मूल भने हुन सकेको छैन । यही मर्मलाई समेट्दै चर्चित गायिका दिया नेपालले तिजको गीत ‘पिलासे चोली’ बजारमा ल्याएकी छिन् ।
शिवदर्शन फिल्मस् प्रा.लि.द्वारा बजारमा ल्याईएको उक्त गीतमा दर्पण यात्रीको लय, एरेञ्जिङ्ग र प्रोग्रामिङ्ग रहेको छ ।
हिराछवि श्रेष्ठ र मानकला हमालको ध्वनीमुद्रण रहेको यस गीतमा खडक बाजुरालीको अडियो मिक्सिङ तथा राजकुमार मगरको निर्देशन र सम्पादन रहेको छ ।
गीतलाई अर्जुन कुँवर ‘पितृ बुढो’, लीला भण्डारी, मीना श्रेष्ठ, सावित्री श्रेष्ठ, विमला भुर्तेल, एलिना रायमाझी, गायत्री थापा, अदिती देवकोटा, दिलिप पुन मगर आदिले साथ दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij