Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

भोली १८ गते देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्तासम्म यसरी भर्न सकिन्छ

भोली १८ गते देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्तासम्म यसरी भर्न सकिन्छ


  • 8.1K
    Shares

    भोली १८ गते देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्तासम्म यसरी भर्न सकिन्छ
    images

    सामलिङ पावर कम्पनले भोलि ( भदौ १८ गते)देखि आयोजना प्रभावित इलामका स्थानीयका लागि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
    यसअघि कारोनाका कारण स्थगित भएको आइपीओ कम्पनीले शुक्रबारदेखि विक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ विक्री गर्ने भएको हो ।

     निष्काशन हुने कुल ५ लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका बासिन्दाका लागि र बाँकी २ लाख कित्ता अति प्रभावित क्षेत्र इलामनगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि छुट्याइएको छ ।

     कम्पनीको आइपीओमा असोज १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ईलामबासीले ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

     कम्पनीको आइपीओमा नेपाल एसबीआई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका इलामशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

     कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १२:४७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij