Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

भारतमा थप ३० हजार बढिमा कोरोना पुष्टि, ३५० जनाको मृत्यु

भारतमा थप ३० हजार बढिमा कोरोना पुष्टि, ३५० जनाको मृत्यु


  • 5.4K
    Shares

    भारतमा थप ३० हजार बढिमा कोरोना पुष्टि, ३५० जनाको मृत्यु

    एजेन्सी । भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् ।

    सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ ।

    गत आइतबार भारतमा ४२ हजार ९०९ जना कोरोना सङ्क्रमित थपिएका थिए भने कोरोनाको कारण ३८० को मृत्यु भएको थियो ।

    अहिलेसम्म कूल तीन करोड–१९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३६ हजार २७५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५३ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

    भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले मङ्गलबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

    भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड १५ लाख व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ ।

    यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड पाँच लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १४:०१:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij