Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

शेयर बजारमा उच्च अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार

शेयर बजारमा उच्च अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार


  • 5.0K
    Shares

    शेयर बजारमा उच्च अंकको गिरावट,  १५ अर्ब ४८ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ ।

    आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।

    आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।

    सबैभन्दा धेरै बढ्नेमा यो कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १५:१४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij