Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

शेयर बजारमा उच्च अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार

शेयर बजारमा उच्च अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार


  • 5.0K
    Shares

    शेयर बजारमा उच्च अंकको गिरावट,  १५ अर्ब ४८ करोडको कारोबार
    images

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ ।

    आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।

    आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।

    सबैभन्दा धेरै बढ्नेमा यो कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १५:१४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij