Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार बढिमा कोरोना पुष्टि, ४६० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार बढिमा कोरोना पुष्टि, ४६० को मृत्यु


  • 5.4K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार बढिमा कोरोना पुष्टि, ४६० को मृत्यु
    images

    काठमाडौं । भारतमा फेरी कोरोना भाइरसका संक्रमण बढ्न थालेको छ । त्यहाँ चौथो दिन लगातार ४० हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा थप ४५ हजार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये ३१ हजार २६५ जना संक्रमित केरलामा पहिचान भएका हुन् । दोस्रो लहरमा संक्रमण नियन्त्रण गर्न सफल केरलामा हाल भने संक्रमण दर बढ्दै गएको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा थप ४६० जनाको संक्रमणका कारण मृत्यु भएको छ । यी मध्ये १५३ जनाको मृत्यु केरलमा भएको हो ।

    यस्तै, ३५ हजार ८४० जना संक्रमण मुक्त भएका छन् । यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५५८ पुगेको छ । 

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १२:२३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij