Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

३६ घण्टाभित्र काबुल विमानस्थलमा फेरि आतंकवादी आक्रमण हुनसक्ने बाइडेनको चेतावनी

३६ घण्टाभित्र काबुल विमानस्थलमा फेरि आतंकवादी आक्रमण हुनसक्ने बाइडेनको चेतावनी


  • 5.4K
    Shares

    ३६ घण्टाभित्र काबुल विमानस्थलमा फेरि आतंकवादी आक्रमण हुनसक्ने बाइडेनको चेतावनी
    images

    अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा फेरि आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । बाइडेनले एक वक्तव्य जारी गर्दै आफूलाई आफ्नो इन्टेलिजेन्सको तर्फबाट आइतबार यो आक्रमण हुन सक्ने जानकारी दिइएको बताएका छन् ।

    समाचार एजेन्सी एपीका अनुसार बाइडेनले २४ देखि ३६ घण्टाभित्र अर्को आक्रमण हुन सक्ने सम्भावना निकै उच्च रहेको बताउँदै अमेरिकीहरुलाई विमानस्थलतिर नजान भनेका छन् ।

    अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकहरुलाई आक्रमणको बलियो र भरपर्दो सूचना आएकोले विमानस्थलको क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । अमेरिकाले अहिले पनि अफगानिस्तानबाट मानिसहरुलाई बाहिर निकाल्ने काम गरिरहेको छ । बेलायतले भने आफ्ना सैनिक, कूटनीतिज्ञ र अधिकारीहरुलाई निकालिसकेको छ ।

    बिहीबार काबुल विमानस्थल नजिकै आत्मघाती आक्रमण भएको थियो । यो आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु भएको छ । यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट खुरासानले लिएको छ । काबुल विमानस्थलमा भएको आक्रमणको जवाफमा अमेरिकाले पश्चिमी अफगानिस्तानमा ड्रोन आक्रमण गरेर इस्लामिक स्टेट खुरासानका २ सदस्य मारिएको बताएको छ । यी २ जना काबुल आक्रमणका योजनाकार रहेको बताइएको छ ।

    बाइडेनले वक्तव्यमा भनेका छन् ‘यो अन्तिम जवाफी कारवाही थिएन । जसले पनि काबुल विमानस्थलमा आक्रमण गरेका थिए उनीहरुलाई छोडिने छैन । उनीहरुले यसको मूल्य चुकाउनुपर्नेछ ।’ आइएस–के अफगानिस्तानको सबैभन्दा हिंसक चरमपन्थी समूह मानिन्छ जसको तालिबानसँग खुला मतभेद छ । अहिले अफगानिस्तानको सत्ता तालिबानकै हातमा छ । तालिबानले अमेरिकाको एयरस्ट्राइकको निन्दा गरेको छ ।

    अर्कोतर्फ अमेरिकी सैनिकले काबुल विमानस्थल छाड्न सुरु गरेका छन् । अहिले काबुल विमानस्थलमा ४ हजारभन्दा कम जवान छन् । अघिल्लो हप्ता ५ हजार ८ सय जवान थिए । ह्वाइट हाउसका अधिकारीले पनि आउँदा केही दिन निकै खतरनाक हुन लागेको बताएका छन् । तालिबानले विमानस्थलको चारैतिर चेकप्वाइन्ट बनाएको छ ताकि अफगानी नागरिकलाई विमानस्थल जानबाट रोक्न सकियोस् ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - ११:५९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij