Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

इन्डियन आइडल १२ को विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार

इन्डियन आइडल १२ को विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार


  • 14.8K
    Shares

    इन्डियन आइडल १२ को विजेता पवनदीपलाई अरुणिताले दिइन् ७० लाखको गाडी उपहार

    इन्डियन आइडल १२ का विजेता पवनदीप राजन यो साताभर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवनदीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए । उनलाई फेरी अरुणिता कांजीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् । यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ ।

    त्यस्तै, इन्डियन आइडल १२ मा सहभागीहरुले उनलाई उपहार दिइरहेका छन् । सायली कांबलेले पवनदीपलाई ७२ हजार रुपैयाँको एक सुनको चेन दिएकी छिन् । यसैगरी, मोहम्मद दानिसले पवनदीपलाई १४ लाख रुपैयाँको गितार उपहार दिएका थिए । अंजली गायकपाडले पनि पवनदीपलाई ४ लाख रुपैयाँको प्लेटिनम ब्रेसलेट दिएकी हुन् ।

    त्यस्तै, पवनदीपलाई आशीश कुलकर्णीले ३५ हजार रुपैयाँ बराबरको जुत्ता दिएका थिए र शन्मुखप्रियाले सवा लाख रुपैयाँको सुट दिएका थिए ।

    यो पवनदीपको लागी सबै प्रतियोगीहरुको माया हो । उनी विजेता बनेपछि सबैले खुशी भएर उपहार दिएका हुन् । पवनदीपले सबैलाई आफ्नो परिवारको रूपमा व्यवहार गर्छन् र सबैसंग एक यात्रा गर्ने योजना बनाइरहेका छन् ।

    पवनदीप र अरुणिताको निकटताको खबर लगातार बाहिर आइरहेका छन् । यद्यपि उनीहरुले भने साथीको रूपमा वर्णन गर्दै आएका छन् । एजेन्सी 

     

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १४:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij