Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

टाइगर श्राफको ‘गणपत’ २३ डिसेम्बरमा रिलिज हुने

टाइगर श्राफको ‘गणपत’ २३ डिसेम्बरमा रिलिज हुने


  • 7.5K
    Shares

    टाइगर श्राफको ‘गणपत’ २३ डिसेम्बरमा रिलिज हुने
    images

    बलिउडका एक्सन अभिनेता टाइगर श्राफको फिल्म ‘गणपत’ पछिल्लो समयमा निकै चर्चामा छ । यस फिल्ममा टाइगरको साथमा कृति सेनन पनि देखिदै छिन् । विकास बहलको निर्देशन रहेको यस फिल्मलाई वासु भगनानी, दीपशिखा देशमुख, विकास बहल र जैकी भगनानीले निर्माण गरेका छन् ।

    अब भने यस फिल्मको रिलिज डेट बाहिर आएको छ । टाइगर श्राफले एक टिजर शेयर गर्दै फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् । टिजरमा टाइगर बोलिरहेको देखिन्छ । टिजर शेयर गर्दै टाइगरले क्याप्सनमा लेखेका छन्, ‘आउदैछ गणपत, तैयार रहनु । गणपत २३ डिसेम्बर २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ ।’

    समाचार अनुसार यस फिल्मको कहानी बाक्सिङ रिंगको इर्द–गिर्दमा घुमेको छ । फिल्ममा टाइगर बाक्सर हुन् । गणपत दुई भागमा निर्माण भएको छ ।

    फिल्मको नाम गणपत राख्नुको कारण टाइगर फिल्ममा गणपतको भक्त देखिएका छन् । फिल्ममा टाइगर धांसुको एक्सन रहेको छ । एजेन्सी

     

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १४:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij