२०८२ भाद्र १८ गते बुधवार
चर्चित कलाकार महादेव त्रिपाठीले मेगा टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार साँझ कमेडी लाइभ शो ‘हाम्रो घर’ सञ्चालनमा ल्याउने भएका छन् । बिभिन्न कमेडी, व्यङ्ग्यका लाइभ प्रस्तुति समेत उनको शोमा रहनेछ । समसामयिक, राजनीतिलगायत सर्वसाधारणसँग प्रत्यक्ष सरोकार रहने विषयवस्तु ब्यङ्ग्यका रुपमा कलाकारको माध्यमबाट कार्यक्रममा प्रस्तुत हुनेछन् ।
कार्यक्रममा महादेवको अलवा मनिषा थापा, यस गिरी, बाल कलाकार नेरिस्का स्थापित, रोहित थापामगर, अपेक्षा शेरचन, योगिशा खत्री, आयुष बस्नेतलगायले प्रस्तुति राख्नेछन् । दर्शकसँग समेत प्रत्यक्ष कुराकानी गर्दै उनीहरुले उठाएको विषयको समेत कलाकारले अभिनयमार्फत लाइभ कार्यक्रममा प्रस्तुत गर्ने आफ्नो कार्यक्रमको रहेको कलाकार त्रिपाठीले बताए ।
‘दर्शकलाई मेरो कार्यक्रमले मनोरञ्जन मात्र दिँदैन कलाकारसँग पनि जोड्ने छ’ त्रिपाठीले भने, ‘दर्शकले कार्यक्रममा आफुले चाहेको बिषयमा मज्जाले हाँस्न पाउनेछन् ।’ नेपाली टेलिभिजनको इतिहासमा आफ्नो कार्यक्रमको फरम्याट अहिलेसम्मकै फरक भएको दाबी गरेका त्रिपाठीले कार्यक्रम दर्शकको रोजाइमा छिट्टै पर्ने दाबी गरे । कार्यक्रम ११ भदौबाट प्रसारणमा आउँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij