Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

मलेसियाका राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री, पछिल्लो तीन वर्षमा तेस्रो प्रधानमन्त्री बने याकोब

मलेसियाका राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री, पछिल्लो तीन वर्षमा तेस्रो प्रधानमन्त्री बने याकोब

  • 8.7K
    Shares

    मलेसियाका राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री, पछिल्लो तीन वर्षमा तेस्रो प्रधानमन्त्री बने याकोब

    मलेसियामा नयाँ प्रधानमन्त्री चुनिएका छन् । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले ६१ वर्षीय इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

    संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएसँगै शुक्रबार राजा सुल्तानले यसअघि उपप्रधानमन्त्री रहेका याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

    मलेसियाको संसदमा रहेको कुल दुई सय २२ मध्ये एक सय १४ जना सासंदले याकोबलाई समर्थन गरेका छन्। युनाइटेड मलेज नेशनल अर्गनाइजेसन पार्टीका वरिष्ठ नेता याकोबले यासिनको क्याबिनेटमा रक्षा मन्त्रीसमेत भइसकेका छन्। 

    याकोब प्रधानमन्त्रीमा नियुक्त भएपनि उनले सदनमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १६:४०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij