Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक : शम्भुजित, सुगम र सुवानी

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक : शम्भुजित, सुगम र सुवानी


  • 5.7K
    Shares

    नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक : शम्भुजित, सुगम र सुवानी
    images

    काठमाडौं । नेपाल आइडलको चौथो संस्करण आयोजना हुने घोषणासँगै यो पटकको निर्णायक को होलान् भन्ने धेरैलाई कौतुहलता थियो । तर एपीवानले शुक्रबार चौथो सिजनका निर्णायक सार्वजनिक गरेको छ। 

    नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका  सिजनमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले यो जिम्मेवारी निर्वाह गरेका थिए । 

    प्रतियोगिताको पहिलो सिजनमा बुद्ध लामा विजेता भएका थिए भने दोस्रो सिजनमा रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाइँ विजेता बनेका थिए । चौथो सिजनमा एक जना होस्ट पनि परिवर्तन भएका छन् ।

    दोस्रो सिजनबाट सुशील नेपाललाई प्रतिस्थापन गरेका आसिफ शाहले नयाँ संस्करणमा निरन्तरता दिनेछन् भने उनलाई महिला होस्टमा रेश्मा घिमिरेले साथ दिनेछिन् । 

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १६:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij