Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा


  • 6.0K
    Shares

    एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा
    images

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा आएको छ ।

    आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानीकोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर भदौ १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।  

    यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गर्न लागेका हुन । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू ६०३, नागरिक लगानीकोषको प्रतिकित्ता रू १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू ५७६ तोकिएको छ । यी शेयर खरिद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।   

    मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १३:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij