Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू

डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू


  • 6.7K
    Shares

    डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू
    images

    अस्ट्रेलियाको सिड्नीमा सेप्टम्बरको अन्त्यसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि जुन महिनाको अन्त्यदेखि सिड्नी लकडाउनमा छ।

    एक हप्तामा सिड्नीमा संक्रमण दर दोब्बर बढेको छ। शुक्रवार ६४२ नयाँ संक्रमित पहिचान हुँदा बिहीबार ६८१ जना संक्रमित भेटिएका थिए।

    लकडाउनसँगै करिब २० लाख मानिस बसोबास गर्दै आएको सिड्नी शहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्‍यू लागू समेत गरिएको छ।

    अस्ट्रेलियामा बिहीबार महामारी सुरु भएयताकै सबैभन्द बढी संक्रमित पहिचान भएको अधिकारीहरुले बताएका छन्। हाल सिड्नी सहित मेलबर्न, क्यानबेरा लगायतका क्षेत्रमा समेत डेल्टा भेरियन्टको आउटब्रेक देखिएको छ। ती क्षेत्र पनि लकडाउनमा छन्।

    अस्ट्रेलियन अधिकारीहरुका अनुसार हाल अस्ट्रेलियाभर २ करोड ५० लाख भन्दा बढी मानिस लकडाउनमा छन्। डेल्टा आउटब्रेकले सिड्नी सबैभन्दा प्रभावित शहर हो।

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - ११:३०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij