२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ मंगलबारबाट सुरु भएको डिजिटल अडिसन भदौ ३१ सम्म अडिसन दिन सकिने बताइएको छ ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।
अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij