Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

काबुलस्थित विमानस्थलमा गोली चल्यो,तीन जना ठहरै भए

काबुलस्थित विमानस्थलमा गोली चल्यो,तीन जना ठहरै भए


  • 7.5K
    Shares

    काबुलस्थित विमानस्थलमा गोली चल्यो,तीन जना ठहरै भए
    images

    अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

    यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

    तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको बताइएको छ ।

    एएफपिसँगको कुराकानीमा एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘मलाई धेरै डर लागिरहेको छ, धेरै हवाई फायरहरू भइसेका छन् ।’

    गोली चलेसँगै सैन्यबाहेकका सबै उडान रद्द गरिएको डेलिमेलले उल्लेख गरेको छ । विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

    हजारौँको सङ्ख्यामा अफगानी नागरिकहरू पनि देश छोड्न विमानस्थल पुगेको बताइएको छ ।

    नेटोका एक अधिकारीका अनुसार विमानस्थलमा गोली चलेसँगै सबै उडान रद्द गरिएका छन् । उडान सञ्चालनका लागि नेटोले पहल गरिरहेको छ । विमानभित्र बसेकाहरूलाई पनि बाहिर निकालिएको बताइएको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १३:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij