Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

मुटु कमाउँदै भागेका अफगानी राष्ट्रपतिले तामिलको विजय स्वीकारे, यसरी पोखे मनको बह

मुटु कमाउँदै भागेका अफगानी राष्ट्रपतिले तामिलको विजय स्वीकारे, यसरी पोखे मनको बह


  • 5.4K
    Shares

    मुटु कमाउँदै भागेका अफगानी राष्ट्रपतिले तामिलको विजय स्वीकारे, यसरी पोखे मनको बह
    images

     देश छोडेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।

    घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख पनि बताएका छन् ।

    देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’

    यस्तै उनले भनेका छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’

    ‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उनले भने ।

    तर आफू कहाँ छु भन्ने घानीले खुलाएका छैनन् । केहि सञ्चारमाध्यमले भने उनी ताजीकिस्तानमा रहेको बताइरहेको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १०:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij