Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

काबुल प्रवेश गर्न थाले तालिवान विद्रोही : सरकारी भवन छाडेर भागे कर्मचारीहरू, वल प्रयोग नगर्ने

काबुल प्रवेश गर्न थाले तालिवान विद्रोही : सरकारी भवन छाडेर भागे कर्मचारीहरू, वल प्रयोग नगर्ने


  • 7.6K
    Shares

    काबुल प्रवेश गर्न थाले तालिवान विद्रोही : सरकारी भवन छाडेर भागे कर्मचारीहरू, वल प्रयोग नगर्ने
    images

    तालिवान लडाकुहरू राजधानी काबुल प्रवेश गर्न सुरु गरेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूहले जनाएको छ । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै विद्रोहीहरू काबुल प्रवेश गर्न सुरु गरेको समाचार आएको हो ।

    अफगान सरकार र तालिवानबीचको वार्ता स्थल बनेको दोहामा रहेका एक तालिवानका नेताले हिंसामा जोड नदिन र काबुल छाडेर जान चाहनेहरूलाई सुरक्षित रूपमा जान दिन निर्देशन दिइएको अलजजिरालाई बताएका छन् । अब राष्ट्रपति असरफ घानीले तालिवानसँग संघर्ष गर्छन् वा आत्मसमर्पण गर्छन्, त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।

    ​यता, राष्ट्रपति घानीको कार्यालयका प्रमुखले ट्वीटरमा काबुलका जनतालाई नअत्तालिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘कृपया चिन्ता नलिनु होला । केही समस्या छैन । काबुलको अवस्था नियन्त्रणमा छ ।’ तालिबान विद्रोहीहरू चारै दिशाबाट राजधानी प्रवेश गर्न थालेको समाचार आए लगत्तै उनले यस्तो ट्वीट गरेका थिए । शनिबार साँझ ट्वीटरमा छोटो सन्देश दिएयता घानी भने सार्वजनिक रूपमा देखिएका छैनन् ।

    यता, तालिवानले आफूहरू काबुल प्रवेश गर्न थालेको सूचना जारी गर्दै आफूहरू शक्ति प्रयोग गरेर काबुल कब्जा गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ । अलजजिराका रिपोर्टर चार्लट बेलिसले गोलीबारीसहित साइरनको आवाज सुनिएको बताएकी छन् । सहरमा हेलिकप्टरहरु लगातार उडिरहेको उनको भनाइ छ ।

    कर्मचारीहरू सरकारी भवन छाडेर भागेका छन् भने सर्वसाधारणहरू खुला पार्कमा बस्न थालेका छन् । एजेन्सी



    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १४:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij