Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

सांग्रीला डेभलपमेन्ट बैंकको खुद नाफा ४१ करोड ६९ लाख

सांग्रीला डेभलपमेन्ट बैंकको खुद नाफा ४१ करोड ६९ लाख


  • 5.6K
    Shares

    सांग्रीला डेभलपमेन्ट बैंकको खुद नाफा ४१ करोड ६९ लाख

    सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१८ प्रतिशत बढी हो। खुद ब्याज र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी ३४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १०९.२१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज २५ करोड ९४ लाख रुपैयाँबाट घटेर २३ करोड २५ रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.१२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४८.५७ प्रतिशत र कर्जा ४४.३० प्रतिशत बढेको छ।

    खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १२:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij