Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

भाजपा नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु

भाजपा नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु


  • 7.6K
    Shares

    भाजपा नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु
    images

    जम्मू कस्मिरको राजौरी जिल्लाको भारतीय जनता पार्टी(भाजपा)का नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला भएको छ । हमलामा परी सिंहको भतिजको मृत्यु भएको छ भने परिवारका अन्य सात मानिस गम्भीर घाइते भएका छन् । 

    स्थानीय प्रहरीका अनुसार बिहीबार राति करिब ९ः३० बजे ग्रेनेड हमला भएको थियो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले घटनास्थलबाट ग्रेनेडको पिन बरामद गरेको थियो । 

    राजौरी मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका जयवीरले हमलाको समयमा पूरा परिवार बरन्डामा बसिरहेको बताएका छन् ।

    प्रहरीले घाइते भएकाहरूलाई स्थानीय मानिसको सहयोगमा राजौरी मेडिकल कलेजमा पुर्‍याएको थियो ।

     

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १४:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij