Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

भाजपा नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु

भाजपा नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु


  • 7.6K
    Shares

    भाजपा नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु

    जम्मू कस्मिरको राजौरी जिल्लाको भारतीय जनता पार्टी(भाजपा)का नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला भएको छ । हमलामा परी सिंहको भतिजको मृत्यु भएको छ भने परिवारका अन्य सात मानिस गम्भीर घाइते भएका छन् । 

    स्थानीय प्रहरीका अनुसार बिहीबार राति करिब ९ः३० बजे ग्रेनेड हमला भएको थियो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले घटनास्थलबाट ग्रेनेडको पिन बरामद गरेको थियो । 

    राजौरी मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका जयवीरले हमलाको समयमा पूरा परिवार बरन्डामा बसिरहेको बताएका छन् ।

    प्रहरीले घाइते भएकाहरूलाई स्थानीय मानिसको सहयोगमा राजौरी मेडिकल कलेजमा पुर्‍याएको थियो ।

     

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १४:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij