Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप ताराको ‘आमा’ सार्वजनिक

द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप ताराको ‘आमा’ सार्वजनिक


  • 8.2K
    Shares

    द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप ताराको ‘आमा’ सार्वजनिक
    images

    गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३' को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल ताराको उक्त्त गीतले राम्रो चर्चा बटुल्न सफल भएको छ । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो ।

    जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

    गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ ।

    विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ । दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १४:१६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij