२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । भारतका चर्चित कलाकार अनुपम श्यामको निधन भएको छ । उनको आइतबार राति ६३ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित रहेका उनको मुम्बइको गोरेगांवस्थित लाइफलाइन अस्पतालमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।
उनको निधनले भारतिय फिल्म उधोग शोकमा डुबेको छ । अनुपम ुमन की आवाज प्रतिज्ञा सिरियलमा ठाकुर सज्जन सिंहको भूमिका निभाएका थिए । फिल्ममा समेत अभिनय गरेका उनी टिभी सिरियलबाट चर्चामा आएका थिए ।
ओस्कार विजेता फिल्ममा काम गरेका अनुपम फिल्ममा धेरैजसो नकारात्मक भूमिकामा देखिएका थिए । उनी १९५७ मा उत्तर प्रदेशको प्रतापगढमा जन्मिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij