Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रियंका बारे सामाजिक सञ्जालमा टिप्पणी आएपछि सासुले नराम्रो कमेन्ट गर्नेलाई हानिन् यस्तो झटारो

प्रियंका बारे सामाजिक सञ्जालमा टिप्पणी आएपछि सासुले नराम्रो कमेन्ट गर्नेलाई हानिन् यस्तो झटारो


  • 8.9K
    Shares

    प्रियंका बारे सामाजिक सञ्जालमा टिप्पणी आएपछि सासुले नराम्रो कमेन्ट गर्नेलाई हानिन् यस्तो झटारो
    images

    काठमाडौँ । सामाजिक संजालमा अभिनेत्री प्रियंका कार्कीले गर्भावस्थाको तस्बिर सार्वजनिक गरेपछि निकै तरंग उत्पन्न भयो ।

    उनको खुसी दर्शाउने यो तरिकाबाट केही ब्यक्ति खुसी देखिदैनन् । उनीहरुले प्रियंकालाई नकारात्मक टिप्पणी समेत गर्छन । सामाजिक सञ्जालमा केही दिन अघि प्रियंकाले स्वीमिङ गर्दाका तस्बिर सार्वजनिक गरिन् । जसमा साथीहरुसंग उनी निकै रमाएको देखिन्थ्यो ।

    त्यो तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएपछि उनकी सासुले समेत प्रतिकृया दिएकी छन् । सासु रविना देशराज श्रेष्ठले बुहारी प्रियंकाको बचाउ गर्दै सकारात्मक प्रतिकृया दिएकी छन् ।

    प्रियंकाको यो क्रियाकलापको बिषयमा भने अधिकांश कलाकर्मी मौन छन् । प्रियंकाको निमन्त्रणमा उनकै युट्युव कार्यक्रममा सहभागी भएकाहरुले मात्र उनको कामको प्रशंसा गर्ने गरेका छन् । केही सामाजिक अभियन्ताहरुले भने मिडियामा केही आर्टिकल मार्फत उनको पक्षमा अभिब्यक्ति दिएका छन् ।

    सामाजिक सञ्जालमा जे जस्तो प्रतिकृया आएपनि प्रियंकाको परिवारले भने उनको साथ दिएका छन् । प्रियंकाकी सासु रविनाले देशराज श्रेष्ठले समेत प्रियंकाको खुलेर साथ दिंदै स्टटास लेखेकी छन् ।

    रविनाले सामाजिक संजाल मार्फत एउटी गर्भवती महिलाको शरिर र बिकिनीमात्र देख्ने तपाई गलत भएको समेत बताएकी छन् । उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुदरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् । उनले भनेकी छन् ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुशि महसुस गर्छिन् ।’

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १५:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij