Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

इन्स्टाग्राम लाइभ गरेर जुम्ल्याहा दिदीबहिनीको हत्या, १७ वर्षीय एक किशोर पक्राउ

इन्स्टाग्राम लाइभ गरेर जुम्ल्याहा दिदीबहिनीको हत्या, १७ वर्षीय एक किशोर पक्राउ


  • 6.2K
    Shares

    इन्स्टाग्राम लाइभ गरेर जुम्ल्याहा दिदीबहिनीको हत्या, १७ वर्षीय एक किशोर पक्राउ
    images

    इन्स्टाग्राममा भिडियो लाइभ स्ट्रिम गरेर जुम्ल्याहा दिदीबहिनीको हत्या गरिएको छ । अमालिया र अमान्डा अल्भेस नाम गरेका यी दिदीबहिनीहरुलाई पहिलो जबरजस्ती घुँडा टेकेर बस्न बाध्य पारिएको थियो ।

    त्यसपछि उनीहरुलाई टाउकोमा पछाडिबाट गोली हानेर हत्या गरियो किन कि यी दिदीबहिनीलाई एउटा लागूऔषधको डीलबारे धेरै कुरा थाहा थियो ।

    ब्राजिलका यी दिदीबहिनीलाई गोली हानेर हत्या गरिँदाको भिडियो हजारौं पटक हेरिएको ब्राजिलियन मिडियालाई उद्धृत गर्दै द सनले जनाएको छ । १८ वर्षका यी दिदीबहिनी दुवै आमा थिए । उनीहरुलाई पाकाजुसको एक कम्प्लेक्सको पछाडि सडक छेउमा गोली हानी मारिएको थियो । उनीहरुको शव केही घण्टापछि बरामद गरिएको थियो ।

    अमाण्डाकी ३ वर्षकी छोरी छिन् । अमालियाका छोरा केवल ६ महिनाका छन् । पुलिसले उनीहरुको हत्याको आशंकामा १७ वर्षका एक किशोरलाई पक्राउ गरेको छ र उनीसँग सोधपुछ भइरहेको छ । जर्नल डे ब्रासिलियाका अनुसार यी दिदीबहिनीलाई गोली हान्नुअघि उनीहरुलाई आफ्नो कपाल उठाउन बाध्य पारिएको थियो ।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १५:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij