२०८२ माघ ७ गते बुधवार
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयसँगै शुक्रराज अस्पतालले सूचना जारी गरी लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो ।
सूचनामा भनिएको छ, ‘अस्पतालको ओपिडीमा खटिएका चिकित्सकरस्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो (१०० डिग्री फरेनहाइट वा सोभन्दा बढी) देखिएका तथा कोभिड–१९ को अन्य लक्षण वा चिह्न भएका व्यक्तिहरुको निःशुल्क पिसिआर गरिने छ।’
यो बाहेक अन्य व्यक्तिको पिसिआर भने सशुल्क हुने अस्पतालले जनाएको छ। शुक्रराज अस्पतालमा पिसिआरको शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । निःशुल्क र सशुल्क समेत गरी दैनिक ३ सय जनाको पिसिआर गरिने अस्पतालले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij