२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा यो हप्ताको अन्तिम दिन विहीबार दोहोर अंकले बढेर बन्द भएको छ ।
विहीबार नेप्से २३ दशमबल ९७ अंकले बढेर २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ ।
विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।
नेप्सेमा बिहिबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता शेयर सूचीकृत भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij